बैतडीमा एक महिनाको अवधिमा ९० सवारी साधन कारवाहीमा परेका छन्। गएको फागुन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारी साधन कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कारवाहीमा परेका सवारी साधनबाट जरीवानबाफत ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
यस्तै एक महिनाको अवधिमा तीनओटा सवारी साधन दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती दुर्घटनामा परेर एकजनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका थिए।
चालकको लापरवाही, प्राविधिक समस्या र यात्रुहरुका कारण पनि सवारी दुर्घटना हुने गरेको प्रहरीको विश्लेषण छ।