बैतडीमा एक युवकको मृत्यु, प्रहरी अनुसन्धानमा

बैतडीमा एक युवक मृत फेला परेको छन् । जिल्लाको पाटन नगरपालिका–३ गुजर बस्ने अन्दाजी २६ वर्षीय नरेश कोली बुधबार बिहान ८ बजेतिर सुर्नया नदी किनारमा मृत फेला परेका हुन्।

पाटन–३ कै सुरुङस्थित बाटो बाट लडेर एक सय मिटर तल सुर्नया नदीे किनारमा उनी मृत अवस्थामा फेला परेका प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

“मंगलबार घरयासी सामान किनमेलका लागि पाटन बजार गएकोमा र अबेरसम्म घर नआएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए।”, उहाँले भन्नुभयो “खोजतलासका क्रममा आज बिहान ८ बजेतिर सुर्नया नदी किनारमा कोली मृत अवस्थामा फेला परेका हुन्।”

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.