किशोरीलाई सीपमूलक बनाउँदै बैतडीको पाटन–४ मा सिलाई तालिम सञ्चालन

बैतडी: पाटन नगरपालिका–४ कुडी ढकालीका किशोरीहरूलाई लक्षित गर्दै ६ महिने सिलाई कटाई तालिम सुरु गरिएको छ। जीवन रक्षा केन्द्र “भगवती भित्री सुन्दरता” डडेलधुराद्वारा सञ्चालन गरिएको उक्त तालिम आजदेखि औपचारिक रूपमा सुरू भएको पत्रकार राजेन्द्र सिह बिष्टले जानकारी दिनुभयो।

तालिमको पहिलो चरणमा सोही क्षेत्रका ८ जना किशोरीहरू सहभागी भएका छन्। तालिम अवधिभर सहभागीहरूका लागि खाजा व्यवस्थापन संस्थाले नै गर्नेछ भने प्रशिक्षकको पारिश्रमिक तथा ४ वटा सिलाई मेसिन पनि संस्थाकै तर्फबाट उपलब्ध गराइएको छ।

तालिम भगवती आधारभूत विद्यालय पाटन नगरपालिका–४ देवथला ढकालीको हलमा सञ्चालन भईरहेको छ। तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिने जीवन रक्षा केन्द्रका फिल्ड सुपरभाइजर सरिता मनरालले जानकारी दिनुभयो।

कार्यक्रमको उद्देश्य किशोरीहरूलाई औपचारिक शिक्षासँगै व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने रहेको सामाजिक परिचालक गणेश श्रेष्ठले बताउनुभयो।

अनौपचारिक कार्यक्रमका बीच सुरू भएको तालिम उद्घाटन कार्यक्रममा फिल्ड सुपरभाइजर सरिता मनराल, सामाजिक परिचालक गणेश श्रेष्ठ, जनक रावल, भगवती आधारभूत विद्यालयका शिक्षकहरू तथा अन्य किशोरीहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.