बैतडीमा एसईईका लागि ४,५५१ परीक्षार्थी सहभागी हुने

बैतडीमा यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ हजार ५५१ जना परीक्षार्थी सहभागी हुने भएका छन्। नियमिततर्फ १९ सय ६३ छात्र र १९ सय ५८ छात्रा गरी ३ हजार ९२१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए।

यस्तै ग्रेडवृद्धितर्फ २५६ छात्रा र ३७४ छात्रा गरी ६ सय ३० परीक्षार्थी सहभागी हुने सूचना अधिकारी शर्माले बताए। बैतडीमा १३८ सामुदायिक र ८ ओटा संस्थागत गरी १४२ ओटा विद्यालयका परीक्षार्थीहरुले एसईईमा सहभागिता जनाउने उनले बताए।

यही चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि यहाँ २६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको सूचना अधिकारी शर्माले बताए। सातओटा प्राविधिक विद्यालयका परीक्षार्थीहरुका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र तोकिएको छ। एसईई परीक्षालाई मार्यादित हिसाबले सम्पन्न गर्नका लागि जिल्लामा आन्तरिक तयारी तीव्र पारिएको सूचना अधिकारी शर्माले बताए।

Leave A Reply

Your email address will not be published.