बचत र कर्जा व्यवस्थापनबारे मणिलेक माविका विद्यार्थीलाई प्रशिक्षण

बैतडी: मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौली बैतडीले Global Money Week 2026 को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम मेलौलीस्थित मणिलेक नमुना माध्यमिक विद्यालयमा सम्पन्न गरेकाे छ। जसमा कक्षा ११ र १२ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बचतको महत्त्व, कर्जा व्यवस्थापन तथा ब्याजसम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको थियो। वित्तीय ज्ञानले भविष्यमा सही आर्थिक निर्णय लिन सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

कार्यक्रम मणिलेक नमुना माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रमेश दत्त बागको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका इन्चार्ज नरेन्द्र बहादुर चन्द, जनप्रतिनिधि, शिक्षक तथा करिब ५१ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.