देउडा सर्जक चन्दको डेब्यु गीत ‘लाल साडी’ भिडियोसहित सार्वजनिक

बैतडी : बैतडीको मेलौली नगरपालिका–०७ तोल्याका देउडा सर्जक देव सागर चन्दको पहिलो देउडा गीत सार्वजनिक भएको छ। चन्दकै शब्द तथा लय सिर्जनामा ‘लाल साडी’ बोलको देउडा गीत भिडियोसहित बजारमा ल्याइएको हो।

गायक शेरी औजीको स्वरमा रहेको उक्त गीत औजीकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको रेकर्डिङ कैलालीको अत्तरीयास्थित कुशम रेकर्डिङ स्टुडियोमा गरिएको जनाइएको सर्जक चन्दले बताउनुभयो। गीतमा संगीत संयोजन नन्द किशोर पाण्डेले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ शेर बोहरा (विशाल)ले गरेका हुन्।

भिडियोमा आरडी भट्ट र मनिषा बोहराको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन मासुम बिष्टले गरेका हुन्। सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई समेटेर तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

नवप्रवेशी सर्जक चन्दले आफ्नो पहिलो प्रयास भएकाले गीतलाई माया गरिदिन तथा आवश्यक सल्लाह–सुझाव दिन सबैमा आग्रह गरेका छन्। साथै, आगामी दिनमा अझै उत्कृष्ट सिर्जना ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

गित सुन्न तलको लिंकमा क्लीक गर्नुस्।

Leave A Reply

Your email address will not be published.