अशिग्राम माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा टमटा चयन

बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका–०२ रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। सोमबार सम्पन्न अभिभावक भेलाले राम टमटालाई समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको विद्यालय प्रशासनले जनाएको छ।

नवनिर्वाचित समितिमा सदस्यका रूपमा उपेन्द्र बहादुर जोरा, डम्बर सिंह मडै, मीना जैसी, तुलसी तिरुवा, सरोज ठकुराठी, पवित्रा पाण्डेय र डम्बर बहादुर ठकुराठी चयन भएका छन्। त्यसैगरी सदस्य सचिवमा राजेन्द्र बहादुर पाण्डे चयन हुनुभएको छ।

नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। अध्यक्ष राम टमटाले विद्यालयको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्यका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयले नयाँ समितिबाट शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.