बैतडीको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ बर्षीया बिन्दुदेवी साउ पञ्चेश्वर गाउँपालिका–२ डिम्बरघाट नजिकै सोमबार साँझ ५ बजेतिर मृत अवस्थामा भेटिएकी हुन्। सुस्त मनस्थिती रहेकी साउँद चैत ११ गतदेखि हराएकोमा सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए।