बैतडी सुनचाँदी व्यवसायी संघको नेतृत्व पुनः पौडेलको हातमा

बैतडी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः गणेशकुमार पौडेल चयन भएका छन्। मंगलबार सम्पन्न भएको संघको छैटौं बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

समितिको उपाध्यक्षमा ज्योति बराल र प्रदीप बराल, सचिवमा गौतम पौडेल, सहसचिवमा दिपक पौडेल, कोषाध्यक्षमा चन्द्रराज पौडेल र सह–कोषाध्यक्षमा कञ्चन पौडेल चयन भएका छन्। यस्तै समितिको सदस्यमा सञ्जय शाह र बहानन्द शाह चयन भएका छन्।

सुनचाँदी व्यवसायीहरुको हकहित र पेशागत सुरक्षाका लागि आफू नेतृत्वको समिति सक्रिय रहने बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेशकुमार पौडेलले बताए। संघका अध्यक्ष गणेशकुमार पौडेलको अध्यक्षतामा भएको अधिवेशनको उद्दघाटन सत्रमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश सुनार प्रमुख अतिथी रहेका थिए।

अधिवेशनको उद्दघाटन सत्रमा लामो समयदेखि सुनचाँदी व्यवसायमा संलग्न रहेकाहरुलाई दोसल्ला र प्रंशसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो। यस्तै संघको अधिवेशनमा सहभागी भएकाहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.