बैतडीको पञ्चेश्वरका कृष्ण चन्द महाकाली नदीमा बगेर बेपत्ता

बैतडी : महाकाली नदीमा बगेर बैतडीका एक पुरुष बेपत्ता भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।

मंगलबार बिहान साढे ११ बजेतिर बगेर बेपत्ता भएका चन्दको खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले बताए। अहिलेसम्म उनको अवस्था अज्ञात रहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.