बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले कसैले विचौलियाको काम गरे कारवाही हुने जनाएको छ।
जिल्लास्थित सबै कार्यालयहरुलाई सार्वजनिक सेवा विचौलियामुक्त बनाउन आग्रह गरिएको छ। प्रशासनले एक सूचना जारी गर्दै सरकारी कार्यालय वरिपरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रुपमा कसैले रकम असुल गरेको पाइएमा कानुनी कारवाही हुने प्रशासनले जनाएको छ।
सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाहरु छिटो, छरितो र सरल तरीकाले प्रवाह गर्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ।
