मेलौलीमा नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता बैसाख ३ देखि सुरु हुने

बैतडीको मेलौलीमा नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। नयाँ वर्ष २०८३ को पावन अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो।

भरतपुर माध्यमिक विद्यालय मेलौली नगरपालिका–०७ गाउँकोटको आयोजनामा तथा चमक दे समाज सेवा युवा क्लबको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता बैसाख ३ गतेदेखि सुरु हुने र भरतपुर माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।

प्रतियोगितामा मेलौली नगरपालिकाभरिका सबै वडाबाट टोलीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति बैसाख १ गते बेलुका ४ बजेसम्म निर्धारण गरिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

खेलाडीहरूले क्रिकेटका नियमअनुसार पोशाक अनिवार्य रूपमा लगाउनुपर्नेछ भने खान–बस्नको व्यवस्था आफैंले गर्नुपर्नेछ। प्रतियोगिताका क्रममा कुनै चोटपटक लागे आयोजक जिम्मेवार नहुने जनाइएको छ। साथै खेलमा कुनै विवाद उत्पन्न भएमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम हुने उल्लेख गरिएको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरू सम्बन्धित वडाकै हुनुपर्नेछ। टिम दर्ता गर्दा आवश्यक कागजात र जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

खेलाडीहरूको चौतर्फी विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.