बैतडी: आफ्नै सहकर्मीमाथि कुटपिट गर्ने बैतडीको पुर्चौडी–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई गएको आइतबार धनगढी–१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए।
कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको छ। लुहारले इट्टाले आफूलाई प्रहार गरेको भट्टले बताइन्।
कुटपिट लगत्तै पक्राउ परेका लुहार अहिले कैलाली प्रहरीको हिरासतमा छन्। लुहारविरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
अदालतबाट म्याद थप गरी लुहारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।