बैतडीको पाटन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ उपलब्ध गराउने भएको छ।
संघीय सशर्त अनुदानतर्फ खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराइने नगरपालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ। ५० प्रतिशत अनुदानमा धानको बीउ चाहिने किसानहरुका लागि नगरपालिकाले आगामी वैशाख ४ गतेसम्म निवेदन दिन सक्ने जनाएको छ।
इच्छुक किसान, कृषि फर्म,कृषि सहकारी संस्था, कृषि समूह लगायतलाई वडा कार्यालय वा नगरपालिकाको कृषि शाखामा निवेदन पेश गर्न आग्रह गरिएको छ। निवेदन पेश गर्दा कृषि फर्म, कृषि समूह, कृषि सहकारी संस्थाहरुको हकमा नियमानुसार दर्ता र नवीकरण भएको हुनुपर्ने उल्लेख गरिएको छ।