बैतडीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु, चार जना घाइते

बैतडी-बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेका छन्

जिल्लाको सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चौडी सडकखण्डमा शुक्रबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए ।

श्री-भावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परि पुर्चौडी–५ का २४ मोटरसाइल चालक वर्षीय अमिर कडायत, सोहीका वडाका ३९ वर्षी हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन ।

घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.