बन्दुकको छर्रा लागेर घाइते भएका वडा सदस्यको निधन

बैतडी–बैतडीमा भरुवा बन्दुक पड्किँदा घाइते भएका सुर्नया गाउँपालिका–२ का ४५ बर्षीय वडा सदस्य दानबहादुर ऐरीको मृत्यु भएको छ ।

आफैले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको थियो ।

उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएका वडा सदस्यको उपचार सम्भव नभएपछि घर फर्काइएको थियो । उनलाई घर ल्याउने क्रममा शुक्रबार दिउँसो करिब ३ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।

मृतक वडा सदस्य ऐरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ।

ऐरी २०७९ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.