बैतडी-बैतडीको मेलौली नगरपालिका–०७ गाउँकोटस्थित भरतपुर माध्यमिक विद्यालयको भवनमा हावाहुरीले क्षति पुर्याएको छ ।
हिजो आएको हावाहुरीका कारण विद्यालयको दुई कोठे भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
छाना उडाएपछि विद्यालयको भवनमा क्षति पुगेको छ भने पठनपाठन सञ्चालनमा समेत समस्या हुने देखिएको विद्यालयले जनाएको छ । हावाहुरीका कारण भवनका जस्तापाता लगायतका सामग्री छरपस्ट भएका छन्।
विद्यालय व्यवस्थापन समितिले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ । साथै विद्यालय भवन मर्मतका लागि सम्बन्धित निकायसँग सहयोगको अपेक्षा गरिएको छ ।