बैतडीको शिवनाथमा छतबाट खसेर मजदुरको मृत्यु

‎‎बैतडी -बैतडीको शिवथान गाउँपालिका– ६ सुल्लेखानमा घरको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ। बर्दिया जिल्ला बाँसगढी नगरपालिका– ४ स्थायी घर भएका ६५ वर्षी जगतराम थारुको सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरको छतबाट लडेर मृत्यु भएको हो। पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत थारु धनाडीको घरमा भाडामा बसिरहेका थिए । उनिसंगै उनका भतिज गुरीलाल थारुपनि बस्ने गरेको बुझिएको छ ।

‎आज बिहान करिब ३–४ बजेको समयमा बाथरुम भएका थारुको छतबाट लडेर मृत्यु हुनसक्ने अनुमान गरिएको छ। जटनाको जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर बल्देब बडुले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.