मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना, वैशाख २४ देखि सेवा सुरु हुने

बैतडी-बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ ।

कार्यालयको औपचारिक उद्घाटन तथा सेवा शुभारम्भ यही २०८३ साल वैशाख २४ गते बिहिबार हुने जनाइएको छ । कार्यालय स्थापना भएसँगै अब स्थानीय नागरिकले नागरिकता सम्बन्धी सेवा तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा मेलौलीबाटै प्राप्त गर्न सक्नेछन् ।

यसअघि सामान्य प्रशासनिक सेवाका लागि समेत जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकामा अब स्थानीय स्तरमै सेवा उपलब्ध हुने भएपछि नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि मेलौलीसहित आसपासका क्षेत्रका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ । स्थानीयले कार्यालय स्थापनालाई राज्यको सेवा गाउँस्तरसम्म विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

Leave A Reply

Your email address will not be published.