मानव सेवा आश्रममा प्रहरीद्वारा भोजन वितरण

धनगढी, कैलाली : वि.सं. २०७२ सालमा नेपाल प्रहरी सेवामा भर्ना भई हाल २०८३ सालमा ११ वर्ष पूरा गरी १२औँ वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला प्रहरी कार्यालयकैलालीमा कार्यरत २२ जना प्रहरी कर्मचारीहरूले मानव सेवा आश्रम, धनगढीमा आश्रित ५६ जनालाई एकछाक भोजन गराएका छन् ।
सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रम हरिश प्रसाद पन्तको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा दिलिप चन्द महेश चन्द, राजेश चन्द तथा कमल साह लगायत प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूलाई भोजन गराउँदै प्रहरी कर्मचारीहरूले समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हरिस प्रसाद पन्तले बताउनुभयो ।

प्रहरी सहायक हवल्दार दिलिप चन्दका अनुसार सेवा, सहयोग र मानवीय भावनालाई निरन्तर अघि बढाउने उद्देश्यले यस्तो कार्य गरिएको हो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिइने जानकारी दिनुभयो

Leave A Reply

Your email address will not be published.