बैतडी : लोक तथा देउडा गायिका अनिता साउँदको नयाँ देउडा गीत “खेल दरी दरीको दो” सार्वजनिक भएको छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने उक्त गीत गायिका साउँदको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा गायिका साउँदसँगै गायक टेकराज भण्डारीको आवाज रहेको छ। गीतको लय, शब्द तथा संगीत स्वयं गायिका साउँदकै रहेको बताइएको छ। गीतका एरेन्जर, मिक्सिङ, मास्टरिङ तथा रेकर्डिस्ट पवन रानाभाट रहेका छन् भने ग्रुभ स्वरमा केशब बिष्ट र भावना चन्दको साथ रहेको छ।
सुदूरपश्चिमेली मौलिकता र देउडा संस्कृतिलाई समेटेर तयार पारिएको गीतले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। गायिका साउँदले यसअघि पनि थुप्रै देउडा गीतमार्फत दर्शकको मन जित्दै आएकी छन्। उनका अघिल्ला गीतझैँ “खेल दरी दरीको दो” लाई पनि माया गरिदिन सम्पूर्ण दर्शक तथा स्रोतासँग आग्रह गरिएको छ।
गित सुन्न तलको लिकंमा क्लीक गर्नुस्।