बैतडीको सुर्नयामा चट्याङका कारण दुई चौपायाको मृत्यु

बैतडीको सुर्नया गाउँपालिका–७ झार्कुमा चट्याङ लाग्दा चौपाया मरेका छन्। मंगलबार बिहान करिब ३ः३० बजेको समयमा स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा १ वटा भैँसी र १ वटा बाख्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। वडा सदस्य लालबहादुर महराले टेलिफोनमार्फत प्रहरी चौकी शंकरपुरलाई जानकारी गराएपछि प्रहरी चौकी शंकरपुरबाट प्रहरी बरिष्ठ हवल्दार पदम धामीको कमाण्डमा २ जनाको टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.