बैतडीमा चट्याङ लागेर एक गाई मरेको छ । जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासाका राजेन्द्र भट्टको घरमा चट्याङ पर्दा गोठमा बाँधेको एक गाई मरेको र एक गाई घाइते भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो साढे चारबजेतिर परेको चट्याङले घरको विद्युत वाइरिङ समेत नष्ट गरेको छ ।
यसअघि मंगलबार बिहान चार बजेतिर सुर्नया गाउँपालिका–७, झाड्बोमा स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा एउटा भैँसी र एउटा बाख्रा मरेको थियो ।