बैतडी : भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा नख्खु कारागार काठमाण्डौबाट भागेका फरार कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सुनाइएका बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ काफलीका नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरक्षिक बलदेव बडूले जानकारी दिनुभयो ।
रतोकी गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका प्रहरी निरीक्षक बडूले बताुनभयो। पक्राउ परेका रतोकीलाई डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरक्षिक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ४स्३० बजे घरबाटै नियन्त्रणमा लिएको हो।