शारदा आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा चन्द चयन

बैतडीको मेलौली नगरपालिका–१ रडमा बसाडीमा रहेको शारदा आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा विद्यालय विकासका कार्यक्रमलाई गति दिने उद्देश्यसहित नयाँ समिति चयन गरिएको हो।

नवगठित समितिको अध्यक्षमा लछि चन्द चयन हुनुभएको विद्यालयका प्रधानाध्यापक शिवदत्त ओझाले बताउनुभयो। यस्तै सदस्यहरूमा सुनन्दा दयाल, मञ्जु दयाल र सुकदेव दयाल चयन हुनुभएको छ। वडा प्रतिनिधिको रूपमा दलित वडा सदस्य द्रोपती दयाल, शिक्षक प्रतिनिधिको रूपमा रामि चन्द तथा सदस्य सचिवमा प्रधानाध्यापक शिवदत्त ओझा चयन हुनुभएको छ।

बुधबार बसेको अभिभावक तथा सरोकारवालाको भेलाले सर्वसम्मत रूपमा समिति चयन गरेको विद्यालयले जनाएको छ। नयाँ समितिले विद्यालयको शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्थानीय अभिभावकहरूले पनि नयाँ नेतृत्वसँग विद्यालयमा थप सुधार, गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका छन्। नयाँ समितिको गठनसँगै विद्यालय विकासका विविध योजना अघि बढ्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.