बैतडीको मेलाैली नगरपालिका–९ अशुर निवासी तथा हाल डडेल्धुराको भागेश्वर गाउँपालिका–३ धौलपडामा बसोबास गर्दै आउनुभएका सुरेश दमाइ (हवल्दार) का नाति तथा सुरज दमाईका १८ महिनाका छोरा सुमन दमाई गम्भीर रोगसँग संघर्ष गरिरहेका छन्।
खेल्ने, हाँस्ने र आमाबुबाको काखमा रमाउने उमेरमै सानो बालक सुमन अहिले अस्पतालको बेडमा छट्पटाइरहेका छन्। नशामा रगत सञ्चालन हुन बन्द भएपछि उनको कम्मर, हात र खुट्टा चल्न छाडेको सुमनका बुवा सुरज दमाईले बताएका छन।
सुमनकाे अवस्था जटिल बन्दै गएपछि उपचारका लागि भारतको उत्तर प्रदेशस्थित आनन्द अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले थप उपचारका लागि पिलिभितस्थित जीवन रेखा अस्पतालमा रिफर गरेका थिए। हाल सोही अस्पतालमा उपचार भइरहेको छ।
उपचारमा हालसम्म करिब २ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर चिकित्सकका अनुसार अझै लामो उपचार आवश्यक पर्ने भएकाले थप ठूलो रकम लाग्ने बताइएको छ। दैनिक मजदुरी गरेर परिवार पाल्दै आएको यो परिवार अहिले छोराको उपचार खर्च जुटाउन नसकेर पीडामा डुबेको छ।
एउटा निर्दोष बालकको जीवन बचाउन परिवारले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, समाजसेवी, बुद्धिजीवी तथा मनकारी सहयोगीहरूमा सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ। “हाम्रो सानो बाबुको जीवन बचाइदिनुहोस्, तपाईंको सानो सहयोगले एउटा बालकले फेरि हातखुट्टा चलाउन सक्छ, फेरि मुस्कान फर्किन सक्छ,” भन्दै परिवार अहिले सामाजिक सञ्जालमार्फत पनि आर्थिक संकलन अभियान सञ्चालन गरिरहेको छ।
मानवताभन्दा ठूलो धर्म केही हुँदैन। त्यसैले यो पीडामा परेका परिवारका लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरिएको छ।
सहयोग गर्नका लागि तलका क्यूआर प्रयोग गर्नुहोला।
