शिवनाथमा मदिरा बिक्री–वितरण अब तोकिएको समयमा मात्र

बैतडीको शिवनाथ गाउँपालिकामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मदिराको कारोबार गर्न नपाइने भएको छ।

मदिराको जथाभावी विक्रि वितरण भइरहेको र यसले समाजमा विभिन्न घटनाहरु भइरहेको जनगुनासो आएपछि गाउँपालिकाले मदिरा कारोबारको समय तोकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए।

गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ अनुसार गाउँपालिका क्षेत्रभित्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मदिराको विक्रि वितरणमा रोक लगाएको अध्यक्ष साउँदले बताए। यस्तै मदिराको कारोबार गर्ने व्यवसायीले अनिवार्य रुपमा इजाजत पत्र लिनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाको सूचना उल्लंघ गर्दै कसैले तोकेको समयभन्दा बाहिर मदिराको कारोबार गरेमा, बिना इजाजत मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही हुने गाउँपालिकाले जनाएको छ। अवैध र जथाभावी मदिराको कारोबारले समाजमा विभिन्न आपराधिक घटनाहरु भइरहेकाले त्यस्ता घटनाहरु रोकथामका लागि पालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष साउँदले बताए।

Leave A Reply

Your email address will not be published.