आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने

देशैभर गर्मी बढेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने सम्भावना छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको थियो। अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज र भोलि कोशी मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका एक/दुई ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

Leave A Reply

Your email address will not be published.