प्राकृतिक स्रोत व्यवस्थापन नेतृत्व विकास तालिम सम्पन्न

बैतडी – मेलौली नगरपालिकाको आयोजना तथा जलवायु परिवर्तन स्थानीय अनुकूलन (LACC) परियोजनाको सहयोगमा प्राकृतिक स्रोत व्यवस्थापन नेतृत्व विकास तालिम सम्पन्न भएको छ। मेलौली नगरपालिकामा असार ५र ६ गते सञ्चालन गरिएको हो।तालिममा २० वटा सामुदायिक वनका प्रतिनिधिहरू तथा ४२ जना वन उपभोक्ता समिति सदस्यहरूको सहभागिता रहेको थियो।

तालिममार्फत प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, वन संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय स्तरमा नेतृत्व विकास सम्बन्धी विषयमा तालिम प्रदान गरिएको मेलौली नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सर्माले बताउनुभयो।

कार्यक्रममा परियोजनाका प्राविधिक सल्लाहकार अनुपमा शर्मा, प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ भवानीप्रसाद पाण्डे, तथा मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो। सहभागीहरूलाई प्राकृतिक स्रोत संरक्षण र व्यवस्थापनमा समुदायको भूमिका, जलवायु परिवर्तनका चुनौती तथा समाधानका उपायबारे प्रशिक्षण दिइएको थियो।

मेलौली नगरपालिका जलवायु परिवर्तन स्थानीय अनुकूलन (LACC) परियोजनाका संयोजक पूर्णबहादुर चन्द ले तालिमले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार प्राकृतिक स्रोतको संरक्षण, सदुपयोग तथा जलवायु परिवर्तन अनुकूलनका गतिविधिलाई प्रभावकारी बनाउन यस्ता तालिमहरू आवश्यक रहेका छन्। तालिममा सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै वन तथा प्राकृतिक स्रोत संरक्षणमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.