मणिलेक नमुना माविमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा भाट्

बैतडीको मेलौली नगरपालिका–०७ काडामा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ चयन गरिएको छ। आज सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धनसिह भाट चयन हुनुभएको प्रधानाध्यापक देवदत्त कलाैनीले जानकारी दिनुभयाे। समितिका सदस्यहरूमा राकेश भट्ट, मञ्जु जोशी र धौली पार्की चयन भएका छन्। यस्तै एक जना शिक्षक प्रतिनिधि तथा एक जना वडा प्रतिनिधि समेत समितिमा रहने जनाईएकाे छ। सदस्य सचिवको जिम्मेवारी प्रधानाध्यापक देवदत्त कलौनीलाई दिइएको विद्यालयले बताएको छ।

यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा हिकमत सिंह भाट चयन हुनुभएको छ। संघका सदस्यहरूमा बसन्ती भाट, बसन्ती दमाई, भानु ओझा, सुरेन्द्र रावत, रेनु पार्की, हरिसिंह भाट, तारा भट्ट तथा एक जना शिक्षक प्रतिनिधि चयन भएका छन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनिसिंह भाट र प्रधानाध्यापक कलौनी पदेन सदस्य रहने जनाइएको छ।

भेलामा बोल्ने वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुशासन, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीको उज्ज्वल भविष्यका लागि नयाँ समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
समिति चयन प्रक्रियामा सहजीकरण गर्ने शिक्षक चक्र बहादुर चन्द तथा पूर्व शिक्षक तारादत्त भट्टलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।

कार्यक्रम निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवसिंह भाटको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलामा अभिभावक, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.