बैतडी। बैतडीको शिवनाथ गाउँपालिका–५ स्थित उदयदेव आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई नेपाल एसबिआई बैंक शिवनाथ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सेवा केन्द्रले भिडियो एक्सरे मेसिन उपलब्ध गराइदिन पेश गरेको प्रस्तावलाई स्वीकृत गर्दै बैंकले एक कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण एसबिआई बैंक शिवनाथ शाखाका शाखा प्रबन्धक मनिश भट्टराईले जानकारी दिनुभयो।
कार्यक्रम वडा नं। ५ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष केशव चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउद प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउद, प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य, स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत श्री नरेन्द्र सिंह महता, नेपाल एसबिआई बैंक शिवनाथ शाखाका शाखा प्रबन्धक मनिश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सुरज भट्ट, रामनाथ, कृतिनिधि बडु, वडा सदस्यहरू, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यस्ता सहयोग प्रभावकारी हुने बताएका थिए । भिडियो एक्सरे मेसिन सञ्चालनमा आएपछि स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।