बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला परेका छन्।
जिल्लाको पुर्चौंडी नगरपालिका–८ धौनालीस्थित मिरराड भिरमा पुर्चौंडी–५ सल्लेरी घर भएका अन्दाजी ५५ बर्षीय हरि साउँदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिए।
बिहीबार साँझको समयमा साउँद उक्त ठाउँमा मृत फेला परेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए।