बालविवाह तथा हानिकारक प्रथा विरुद्ध संचालित कार्यक्रमको समिक्षा

बैतडी-दलित समाज विकास मंच बैतडीले जिल्लामा बालविवाह तथा हानिकारक प्रथा विरुद्ध संचालित कार्यक्रमको समिक्षा गरेको छ ।

मिक्षामा संस्थाले ७५ जना विद्यार्थीहरुले आफ्नो समस्याहरु विद्यालय, घरपरिवार, साथीभाइ संग खुलेर कुरा राख्न सक्ने, किशोर किशोरीहरुले आफ्नो बिषयमा निणर्य गर्न सकने क्षमताको विकास भएको, हिंशा तथा गलतको विरुद्धमा बोल्न सक्ने, क्लबमा जोडिएका केहि किशोरकिशोरी सरकारी निकायमा जागिरे भएका, प्रत्यक्षरुपामा २ हजार र अप्रत्यक्षरुपामा कम्तिमा १० हजार जना समाजमा रहेका हानिकारक प्रर्थाहरुको बारेमा सचेतनाको सन्देस फैलाएको छ ।

६ किशोरीकिशोर क्लबका अभिभावकलाई जीवीकोपार्जनका लागि १५ बाख्रापालन र च्याउखेतीको लागि सहयोग का साथै आर्यआर्जनमा वृद्धि ल्याउनमा सहयोग पुर्याएको छ । सानो आर्थिक फन्डमा सस्थाले समाज रुपान्त्रणको लागि ठुलो सहयोग गरेको भन्दै सस्थाका अध्यक्ष लागयत सस्थालाई धन्नेवाद दिदै महिला अधिकारकर्मी देबु ठगुन्नाले अगामी दिनमा पनि सस्थाले यस्तै कार्य गर्दै जावस भनी शुभकामना व्यक्त गरे ।

यस्तै प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भटराईले बालबालिकाको क्षेत्रमा र समाजमा रहेका हानीकारक प्रर्थाको अन्त्य गर्न सस्थाले विभिन्न जनचेतनामुलक नाटक, कार्यक्रम गर्दै बालबालिकाहरुलाई सचेतना सिकाई रहेको प्रति खुसी व्यक्त गर्नु भयो ।

विभिन्न चुनौतीका बाबजुद पनि समाज रुपान्त्रणको हुटहुटी भएकाले समाज रुपान्त्रण संगै समाज विकासको लागि आफुहरु सस्था मार्फत लागिपरेका सस्थाकी अध्यक्ष सरस्वती नेपालीले बताईन् । कार्यक्रममा जिल्ला स्थित सरोकारवला, बालसमितिका पदाधिकारी, संचारकर्मी, अधिकारकर्मी हरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.