वडा अध्यक्षमाथी दुव्र्यवहार गर्ने पत्रकार कुँवर निलम्बित

बैतडीः वडा अध्यक्षमाथी दुव्र्यवहार गर्ने पत्रकार ऐश्वर्र्या कुँवरलाइ निलम्बित गरिएको छ।

नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाले पत्रकार कुँवरलाई सदस्यताबाट निलम्बन गरेको हो। महासंघका अनुसार पत्रकार आचरणविपरीत कार्य गरेको भन्दै ‘नेपाल पत्रकार महासंघको विधान, २०६० ९पाँचौँ संशोधन, २०७५०’ को परिच्छेद ५ को दफा १८९३० को ‘च’ बमोजिम उनलाई निलम्बन गरिएको हो।

कुँवरले असार ७ गते दिउँसो भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि दुव्र्यवहार तथा हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको थियो। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच वडाध्यक्ष देवकोटाले कुँवरमाथि फिरौती माग्ने र रकम असुल गरेको आरोप समेत लगाएका छन्।

सामाजिक सञ्जालमा ‘एके३ टिभी’ नामक फेसबुक पेज सञ्चालन गर्दै आएकी कुँवर यसअघि पनि प्रहरी नियन्त्रणमा पुगेकी थिइन्।

 

Leave A Reply

Your email address will not be published.