बैतडीमा विद्यार्थीमाथि कुटपिट गर्ने प्रधानाध्यापक भण्डारी पक्राउ

बैतडीः बैतडीमा विद्यार्थीमाथि कुटपिट गर्ने प्रधानाध्यापक पक्राउ परेका छन्।

जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेहीस्थित खेती माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीय तेजसिंह भण्डारीलाई आज बिहान उक्त विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बिहान पौने १२ बजेतिर प्रधानाध्यापक भण्डारीले विद्यार्थीलाई कुटपिट गरेको जनाइएको छ। प्रधानाध्यापक भण्डारीले विद्यार्थीलाइ हातखुट्टाले प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते तेजसिंह भण्डारीलाई तल्लादेही स्वास्थ्यचौकीमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न प्रधानाध्यापक पक्राउ परिसकेका र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.