सुर्नया गाउँपालिकाद्वारा ४६ करोड बराबरको बजेट गाउँसभामा पेश

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४६ करोड बराबरको बजेट गाउँसभामा पेश गरेको छ ।

बुधबार बसेको गाउँसभामा उपाध्यक्ष मञ्जु बोहराले गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिकाले विगतका कार्यक्रमहरुलाई निरन्तरता दिँदै आगामी बर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

गाउँसभामा पेश गरिएको बजेटमाथि छलफल गरेर पारित गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्र विकले बताए । गाउँसभाको अर्को बैठक असार १८ गतेका लागि बोलाइएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.