बैतडी कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन

बैतडी: नेपाली कांग्रेस बैतडीले नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरेको छ। पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए।
कांग्रेसमा युवाहरुको सहभागिता बढाउनका लागि ३५ बर्षभन्दा मुनिका युवाहरुलाई प्राथमिकतामा राखेर क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको सचिव चन्दले बताए। केन्द्रीय प्रतिनिधि सुशीला मिश्र भट्टको सहभागितामा जिल्लाका १० ओटै स्थानीय तहमा क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको कांग्रेस बैतडीले जनाएको छ।
यही असार १५ गतेदेखि सञ्चालन गरिएको अभियना असार १९ गतेसम्म सञ्चालन हुने बताइएको छ। जिल्लाका १० ओटै स्थानीय तहमा कार्यक्रमको आयोजना गरेर क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको सचिव चन्दले बताए। 
यस्तै नेपाली कांग्रेसले क्रियाशील सदस्यहरुलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरेको छ। यसअघि अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यहरुलाई सदस्यता अद्यावधिक गर्न आग्रह गरिएको सचिव चन्दले बताए। 
Leave A Reply

Your email address will not be published.