जारी मुद्दामा फरार बैतडीका एक जना ३६ बर्षपछि पक्राउ

बैतडी–जारी मुद्दामा फरार रहेका एकजनालाई बैतडी प्रहरीले ३६ बर्षपछि पक्राउ गरेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ का अजुवा भण्डारी भनिने ६५ बर्षीय अजयसिंह भण्डारीलाई बुधबार उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए ।

भण्डारीलाई जिल्ला अदालत बैतडीले २०४७ साल जेठ ३१ गते जारी मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो । उक्त फैसलापछि फरार रहेका भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएको प्रहरी निरीक्षक तिमिल्सैनाले बताए ।

Leave A Reply

Your email address will not be published.