कमलेस भट्ट बने बैतडी प्रशासनका ‘मासिक उत्कृष्ट कर्मचारी’

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत खरिदार कमलेस भट्ट ‘मासिक उत्कृष्ट कर्मचारी’ बनेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको वैशाखदेखि मासिक उत्कृष्ट कर्मचारी घोषणा गर्न थालेको हो ।

असार महिनाको मासिक उत्कृष्ट कर्मचारीको रुपमा भट्टलाई घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताउनुभयो ।

उत्कृष्ट कर्मचारी घोषणा भएका भट्टलाई कार्यालयका तर्फबाट खादा लगाएर सम्मान गरिएको छ ।कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई कार्यालय प्रवेश गरेको एक घण्टाभित्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ सुरु गरि सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.