बैतडीमा जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धी स्वयंसेवक निर्माण कार्यक्रम सम्पन्न

बैतडी। बैतडीको मेलौली नगरपालिकामा जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धी स्वयंसेवक निर्माण एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मेलौली नगरपालिका–९ नं. वडा कार्यालयको समन्वय तथा सामुदायिक रूपान्तरणका लागि सामुदायीक रुपान्तरणका लागी पैरवी समुह (ACT Group)  मेलौली, बैतडीको सहजिकरणमा सञ्चालन गरिएको कार्यक्रममा मेलौली नगरपालिका वडा नं. १, २, ४ र ५ का सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा समुदायस्तरमा जैविक विविधताको संरक्षण, विपद् जोखिम न्यूनीकरण, विपद्का बेला अपनाउनुपर्ने सावधानी तथा स्वयंसेवकहरूको भूमिका सम्बन्धी विषयमा अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम मेलौली नगरपालिका वडा न. ९ का‌ वडाध्यक्ष लोकराज भट्टको सभाध्यक्षमा र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुरको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा ५० जना स्वयंसेवक तयार गरिएको (ACT Group) का अध्यक्ष नरी राम लुहारले जानकारी दिएको छ। उनीहरूले आगामी दिनमा समुदायमा विपद् सचेतना फैलाउने, जैविक विविधता संरक्षणमा सहयोग गर्ने तथा विपद्का समयमा स्थानीय तहसँग समन्वय गर्दै स्वयंसेवकको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार समुदायमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण र जैविक विविधताको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा सुरक्षा निकायका पदाधिकारी, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.