खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

कैलाली-कैलाली को गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतवार दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। निज जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका थिए।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा साँझ ५ः०२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।मृतकको शव शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.