रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना : ९ जनाको ज्यान गयो, २३ जना घाइते


जेठ २२, आइतबार २०७९

रुपन्देही – रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अरु २३ जना यात्रु घाइते भएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उज्यालो अनलाईनबाट…….

Leave A Reply

Your email address will not be published.