असार ५, आइतबार २०७९
बैतडी – बैतडीको मेलौलीमा एक दिने किटजन्य रोगको परिमार्जित निर्देशिका बारे स्वास्थ्यकर्मी बिच अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । किटजन्य रोगबाट बच्न जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको उक्त अभिमुखिकरण कार्यक्रममा किट जन्य रोगहरु डेगुं, स्त्रबटाइफस, हात्तिपाइले मलेरिया कालाजार बारेमा केशरपुर प्राथमिक केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयाल र सलेना स्वास्थ्य चौकीका प्रमुख भोज बहादुर चन्दले रोगको बारेमा जानकारी र बच्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए ।
स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा मेलौली नगरपालिकाका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका भित्रका स्वास्थ्य संस्थाका प्रमुख हरुको सहभागीता रहेको मलौली नगरपालिका स्वास्थ्य शाखाका सि अ.हे भ. अधिकृत मोहन भाटले बताए ।