मंगेश दयाल – बैतडी असार ५,
-बैतडीको शिवनाथ गाउँपालिका आज बाट घटना दर्ता शिविर दर्ता संचालन भएको छ । दर्ता शिबिर अभियान अन्तरगर्त शिवनाथमा गाउँपालिका यहि असाढ ५ गतेदेखी असार १२ गते सम्म शिविर संचालन गरिने शिवनाथ गाउँपालिका राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण सेवा ईकाईले जनाएको छ । शिबिरमा ब्यक्तीगत घटना दर्ता, सामाजिक सुरक्षा दर्ता गुनासो दर्ता तथा सुनुवाई गर्ने गरिन्छ ।
शिविरमा ब्यक्तिगत घटना दर्ता अन्तरर्गत जन्म, बिबाह, बसाईसराई, सम्वन्ध बिच्छेद, मृत्यु र सामाजिक सुरक्षा कार्यक्रम अन्तरगर्त जेष्ठ नागरिक, एकल महिला, बालबालिका र अशक्त अपाङ्गता भएका ब्यक्तीहरुको दर्ता गर्ने कार्यक्रम रहेको शिवनाथ गाउँपराष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण शाखा का प्रतिनिधी सुरेन्द्र सिंह साउँदले बताए ।
आईतबार शिवनाथ गाउँपालिका वडा नम्वर १ को मटेलामा सञ्चालन भएको शिवनाथ गाउँपालिकाका कम्प्युटर अपरेटर कोमल विक्रम सिंहले बताए ।