जन्मदिन मनाएर दुरुपयोग गरिदै नगर सभाहल, चारैतिर आलोचना

मेलौली न्यूज
श्रावण ०६ शुक्रबार,२०७९

बैतडी–मेलौली नगरपालीकाको सभाहलमा जनप्रतिनिधिहरुले आफ्नो जन्मदिन मनाउन थालेका छन । यसरि सरकारी कार्यालयको हलमा जनप्रतिनिधिहरुले जन्मदिन मनाएर नगर सभाहलको दुरुपयोग गरेको भन्दै चारैतिर आलोचना भईरहेको छ ।

गएको अषाढ ३२ गते शनिबार मेलौली नगरपालीका–०९ का वडा अध्यक्ष लोकराज भट्टले नगरपालिको सभाहलमा केक काटेर भब्य रुपमा जन्मदिन मनाएका थिए । उनको जन्मदिनमा नगर प्रमुख भिम बहादुर चन्द, उप प्रमुख पार्वती बोहरा बिष्ट, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृतज जगदिश प्रशाद जोशि, पालिका कर्मचारिहरु सहभागि थिए ।

वडा अध्यक्ष भट्टको जन्मदिन सरकारी कार्यालयको हलमा मनाईएको भन्दै समाजिक सञ्जाल लगायत चारैचिर आलोचना भएको थियो । यसरि चारैतिर आलोचना भईसकेपछि अब उप्रान्त सरकारी कार्यालयको हल दुरुपयोग हुदैन कि भन्ने लागेको थियो । तर पालिकाले फेरी उहि गतिबिधि दोहर्याएको छ ।

श्रावण ६ गते शुक्रबार मेलौली नगरपालीका–४ का वडा अध्यक्ष हर्क बहादुर चन्दको जन्मदिन फेरी नगर सभाहलमै केट काटेर भब्य रुपमा मनाइएको छ । अध्यक्ष चन्दको जन्मदिनमा पनि जनप्रतिनिधि र नगरपालीकामा कार्यरत कर्मचारिहरु सरिक रहेका थिए ।

पछिल्लो समयमा मेलौली नगरपालीका बेला बेलामा बिबादमा आउने गरेको छ । केहि समय अगाढि मेलौली नगरपालीका–०१ का वडा अध्यक्ष बलत्कार आरोपमा मुछिएका थिए। वडा अध्यक्ष माथि बलत्कारको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनि अहिले पनि प्रहरी हिरासतमै रहेका छन ।

यसैगरि मेलौली नगरपालीका–०७ ले ७० बर्षभन्दा माथिका बृद्धहरुको दौड प्रतियोगित राखेर बजेट छुट्याएपछि चारैतिर आलोचना र समाजिक सञ्जालमा भाईरल भएको थियो ।

यसैगरि नगर सभाहलमै जन्मदिन मनाउने मेलौली नगरपालीका–०४ का वडा अध्यक्ष हर्क बहादुर चन्दले बिना शिर्षकमा १ लाख बजेट छुट्याएपछि चारैतिर आलोेचना र समाजिक सञ्जालमा भाईरल भएको थियो । वडा अध्यक्ष चन्द २०७४ सालको निर्बाचनमा पनि वडा अध्यक्षमा निर्बाचित भएका थिए ।

यसैगरी मेलौली नगरपालीकाले कमिसन खाई बिद्यालयहरुलाई वाईफाई बितरण गरेको भनेर समाजिक सञ्जालमा लेखेको भन्दै ईश्वरि भट्ट नामक फेसबुक आईडिका ब्यक्तिप्रति नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत आपत्ति जनाएको थियो ।

यसरि नै मेलौली नगरपालिकामा यि र यस्तै खालका गतिबिधि भईरहने हुन भने भोलीका दिनमा पालिकाको अवस्था कस्तो होला र यहाको जनताहरुले पालिकाबाट के आस गर्लान भन्ने प्रशन चारैतिर उब्जीएको छ ।

नगरपालिका र वडाका केहि अलोचित बिषयहरु

नगर सभाहलमा जन्मदिन मनाईएका केहि तस्बिरहरु

2 Comments
  1. Bam chand says

    कुरा समान्य होला कसैलाइ असर नपर्ला प्रति पक्ष ले कुरा गर्छन नै लाग्ला तर जिम्मेवार प्रतिनिधित्व गर्ने ब्यक्ति हरुले त्यस्तो मौका नदिन सके नै राम्रो जसले आलोचना र गलत सन्देश जान्छ

  2. ishwari Bhatt says

    सर्बहरा सास्कृतिक क्रान्ति भनेकाे के हाे? भाैतिकबादी दृष्टिकोण भनेकाे के हाे?
    कम्युनिष्ट पार्टी मुल दर्शन के हाे? नया जनबादी संस्कृति भनेकाे के हाे? परम्परा गत र पश्चिमा संस्कति लाई कसरी ब्याख्या गर्न सकिन्छ । सारा स्थानिय तहहरु जनपक्षिय कार्य गरेर अब्बल बनिरहेका का सन्दर्भ मा मेलाैली नगरपालिका जनप्रतिनिधि हरुकाे जन्म दिन मनाउनु मै ब्यस्त रहनु ले कतै नया तानाशाह काे जन्म त भईरहेकाे छैन । सचेत तप्का चाकरी मै रहनु ले स्थानिय तह मा सामन्त बादकाे छनक देखिरहेकाे । मेलाैली वडा नं.९ का गरीब जय बहादुर चन्द बाख्रा चराउनु जंगलमा जादा भिर बाट लडेर उपचार गर्न समेत नपाएर अस्पताल काे शैय्यामा छटपटाईरहेकाे समाचार आइरहेकाे छ भने सर्बहरा बर्गकाे खाेल ओढेर कसरी जनता लाई आफ्ना वरिपरि गाेलबन्ध गर्न सकिन्छ भनेकुराबाट अगाडि बढिरहेकाे देखियाे । हामिले कुनैपनि कार्य गर्दा ती वटा कुरा ध्यान दिनु पर्ने हुन्छ । गर्नु पर्ने , गर्न सकिने , गर्नु हुने हरघडी तिनवटा कुरामा ख्याल गरिरएन भने धेरै ठुलठुला अपठ्याराहरु आईलाग्ने छन? कतिपय ब्यक्ति ले राजनैतिक सम्बन्ध बिकसित गर्ने साधन बनाएकाे छन धेरैखर्च गरेर धन रपावर धाक रवाफ देखाएर आडम्बर प्रदशन गरिरहेका छन । याे नितान्त अभिजाततन्त्रीय प्रबृत्ति हाे । प्रगतिशील हरुले यश तरिका बाट गरिएका तडक भडक आडम्बरका बिरुद्ध उभिने साहस गर्नु पर्छ। यस्ता साम्राज्यवादी र पुजिबादी संस्कृति लाई परित्याग गर्नु पर्छ ।माक्र्स ले भनेका छन “जनता का लागि धर्म अफिम हाे” आत्मिक रक्सी हाे । पुजिका दासहरु आफ्नो प्रतिभालाइ धेरथाेर मानवाेचित जिबनकाे मागलाइ चुर्लम्म डुवाउछ । हिजाे सर्बहरा संगठन मा आबद्ध रहि सास्कृतिक र समाजबादी आन्दोलन काे परिकल्पना बाेकेका ,श्रमिक बर्गकाे मुक्ति काे निम्ति गरिएकाे याेगदानकाे उपहास त भएन । एक पटक साेचाै कुरा भाैतिकबादकाे गर्ने , अध्यात्म बादी आचर व्यवहार नछाेडने मुखले अदृश्य शक्ति काे बिराेधगर्ने तर घर भित्र इश्वरकाे पुजा गर्ने कार्यलाइ निरन्तरता दिनु ले शाेषणकाे बिराेध गरे जस्ताे गर्ने व्यवहार तह शाेषणकाे भरथेगगर्न बनाईएका संस्कार र चालचलनलाई शाेषक सरह मानिनै रहने भएका लेयाे पाखण्ड बाहेक अरु केही हाेईन । याे संस्कार बर्णब्यबस्थालाइ वा जाति प्रथालाई जाेगाउन बनाएका यस्ता संसकारले समाजबाद उन्मुख तिर हाेईन समान्तबादी संसकृति तिर हिडिरहेका छाै ।।

Leave A Reply

Your email address will not be published.