विदेशबाट फर्केर नेपालमै काष्ठ उद्योगबाट मनग्य आम्दानी


मंगेश दयाल ,साउन १३, शुक्रबार २०७९

बैतडी– जिल्लाको मेलौली नगरपालिका–१ मा काष्ठ उद्योग संचालन गरेर एक व्यक्तीले मासिक ३० हजार आम्दानी गर्ने गरेका छन ।मेलौली नगरपालिका वडा न–१ मा भुतलाछपु फर्निचर उद्योग संचालन गरेर विसन दयालले बार्षिक चार देखि पाँच लाख सम्मको कारोबार गर्ने गरेको बताएका छन ।

जसबाट बिजुली, खर्च, कर्मचारीको तलव लगाएतका सबै खर्च कटायर करिब बार्षिक ४ लाख पचास हजार ?पैयाँसम्म आम्दानी गर्ने गरेका छन ।विभिन्न व्यवसायीहरुलाई धेरै ठाउँमा काठको ठूलो व्यापार देखेर यो व्यवसाय तर्फ आकर्षित भएको उनले बताए ।दुई बर्ष सम्म विदेशमा बसेर फर्केपछि व्यवसायी दयालले विगत ५ बर्षदेखि भुतलाछपु फर्निचर संचालनमा ल्याएर मनग्य आम्दानी मात्रै गर्ने गरेका छैनन । ४ जनालाई रोजगार समेत दिएका छन ।

काठबाट झ्याल, ढोका, चौकस, लोवेड, बक्स पलङ कुर्सी,टेबल,दराज लगाएत फर्निचर जन्य सामग्री उत्पादन गर्ने गरेको दयालले बताए । धेरै वर्षसम्म अर्काको देशमा काम गरी धेरै दुःख पाएको सुनाउँदै दयालले, अबको युवा पुस्तालाई आफ्नै देशमा आफ्नो सीप, क्षमता र योग्यतालाई बुझेर काम गर्न आग्रह गरे । उनले भने अर्काको देशमा नोकर बनेर काम गर्नुभन्दा आफ्नै देशमा मालिक बन्ने राम्रो भने सोचाइले नेपाल फर्केर फनिचर उद्योग खोलेको बताए ।

पाँच लाख लगानीमा २०७४ सालमा भुतलाछपु फर्निचर उद्योग दर्ता गरेर यो क्षेत्रमा हात हालेका उनले ५ वर्षको अवधिमा साढे १० लाख रुपैयाँको पूँजी बनाएका छन ।
‘विदेशमा छँदा मासिक २० हजार रुपैयाँ बचाउँथे, अहिले गाउँमा फर्निचर उद्योग बाट मासिक ३० हजार कमाउँछु,’ उनले भने, ‘अबको तीन वर्षमा सबै खर्च कटाएर मासिक १ लाख कमाउने लक्ष्य लिएको छु ।’
काठ जति भएपनि स्थानीय स्तरमा नै खपत हुने गरेको बताउदै उनले अलमुनियमका झ्याल ढोका बजारमा आएपनि त्यसले खासै फरक नपारेको बताए ।

पछिल्लो समय काठको व्यापार निकै बढेको बताउदै उनले अधिकांस माग घर निर्माणका लागि आउने गरेपनि माग अनुसार पु¥याउन नसकिएको बताए । करिब दुईबर्ष विदेशमा पनि बसे । ,’दयालले भने–‘ काठमा हात हालियो । अहिले त मलाई विदेश यहि भएको छ । तर स्थानीयतहको सरकारबाट भने कुनै सहयोग नभएको दयालले बताए ।

Leave A Reply

Your email address will not be published.