साउन १६, सोमबार २०७९
कास्की – पोखरा महानगरपालिका(२५ हेम्जामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका पोखरा(बाग्लुङ सडक खण्डमा ग १७ प १९७० मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलका चालक कास्की माछापुच्छ्रे गाउँपालिका(४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकलमा आगो लाग्दा नेपालीको शरीर जलेको थियो । उहाँलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगे पनि डाक्टरले मृत घोषणा गरेका थिए । ट्रकधनी पोखरा २५ हेम्जाका ४१ वर्षीय क्षेत्रबहादुर कुँवरसमेत जलेर घाइते हुनुभएको छ ।
आगो निभाउने क्रममा जलेका उहाँको मणिपाल अस्पतालमा उपचार भइरहको छ । ट्रक चालक किरण बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।