भदौ १, बुधबार २०७९
बैतडी- बैतडीमा बँदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेर मरेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले जनएको छ ।
फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली गएको भएपनि टोली नपुग्दै चितुवा मरेको बताइएको छ ।
किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि पासो थापेका थिए ।