बैतडीको मेलौलीमा पालिका स्तरीय बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न


भदौ २५, शनिबार २०७९

बैतडी- जिल्लाको मेलौली नगपालिकामा दुई दिने पालिका स्तरिय स्वास्थ्य समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।यस पालिका अन्तर्गत रहेका स्वास्थ्य स्वास्थ्य शाखाले आर्थिक बर्ष २०७८÷०७९ मा सम्पादीत स्वास्थ्य कार्यक्रहरुको पालिका स्तरीय बार्षिक समिक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।

यस मेलौली नगरपालिकामा बासोबस गरेका नागरीकहरुमा स्वास्थ्य सम्बन्धि आउने गरेका समस्याहरुको बारेमा छलफल गरि उक्त समस्यालाई आगामी दिनमा कसरी समाधान गर्ने र सर्वसाधारणलाई कसरी सेवा दिने सम्बन्धि योजना बनाउने लगायतको उदेश्य बोकी सो कार्यक्रमको आयोजना गरिएको मेलौली नगरपालका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए ।

गत बर्षमा गरेका स्वास्थ्य कार्यक्रमहरुको तुलनात्मक रुपमा समिक्षा गर्ने भनी आयोजित सो कार्यक्रमको अध्यक्षतामा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द रहनु भएको थियो ।स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश पसाद भट्ट र स्वास्थ्य शाखाका कर्मचारी लगायत सम्पुर्ण स्वास्थ्य चौकीको ईन्चार्जहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.