दिपक राज दिर्घायु
असोज १७ सोमबार,२०७९
बैतडी–उदयदेब माहाराज देबताकि जाँत (कफाडि जाँत) सुरु भएको छ । शिबनाथ गाउपालीका–०५ कफाडिमा अवस्थित उदयदेब माहाराज देबताकि जाँत सुरु भएको वडा अध्यक्ष केशब चन्दले बताए ।
बिजया दशमिको पुर्ब सन्ध्या तथा माहा अष्टमिका दिन रतेडि र नवमीका दिन लाग्ने दिउसेडि मेला सुरु भएको उनले बताए ।
मेलामा तल्लो स्वाराड क्षेत्रका तिन पालिका मेलौली नगरपालीक, शिबनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकाबाट रागा बोका सहित देउरा आउने गर्छन । यसैगरि पाटन, दशरथचन्दँ, गोकुलेश्वर दार्चुला लगायत छिमेकि राष्ट भारतबाट समेत मेलामा देउरा आउने गरेको उनले बताएका छन ।
मेला हेर्न र देबताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु समेत आउने गरेको छन। उदयदेब माहाराज देबताको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र निसन्तान दम्पतिलाई सन्तान प्राप्त हुने धार्मिक बिश्वास पनि रहेको छ ।
उदयदेब माहाराज देबताको मन्दिरमा असोज नबरात्रा, चैत नबरात्रा, फागुन, जेठ, पुस महिनामा र गौरा मेला लाग्ने गर्दछ । असोज नबरात्राको समयमा लाग्ने मेलामा भारतबाट पनि ब्यापारिहर ब्यापार गर्नको लागि पुग्ने गरेको वडा अध्यक्ष चन्दले बताए ।
मेलालाई सभ्य भब्य र शान्त बनाउनु सबैका आग्रह गरिएको छ । मन्दिर क्षेत्रभित्र मदिरा सेबन बिक्रि बितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, र अन्य अबैध कृयाकलाप गर्न बन्देज गरिएको मन्दिर क्षेत्र बिकास समितिले जनाएको छ ।
मन्दिर क्षेत्र बिकास समितिको निणर्यलाई अवज्ञा गरि मेलालाई बिथोल्ने गतिबिधि गरेको पाईएमा कारबाहि गरिने समेत जनाईएको छ ।
मेला ब्यवस्थापन समितिले गरेको मेला सम्बन्धि निणर्य !

